Rule 18
दरखास्त दिनु पर्ने
(१) नेपाल सरकारले विकास गरी संचालन गरेको वा नेपाल सरकारले विकास गरी उपभोक्तालाई हस्तान्तरण गरेको परियोजनाबाट सेवा उपभोग गर्न चाहने व्यक्तिले सम्बन्धित परियोजना कार्यालय समक्ष दरखास्त दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि परियोजना कार्यालयले दरखास्तवालाको माग बमोजिम सेवा उपलब्ध गराउन सकिने वा नसकिने सम्बन्धमा प्राविधिक तथा अन्य आवश्यक कुराको जा“चबुझ गरी सेवा उपलब्ध गराउनु पर्नेछ । सेवा उपलब्ध गराउन नसकिने भएमा दरखास्तवालालाई सोही बमोजिमको सूचना दिनु पर्नेछ ।